कारागारमा यस्तो भयो – शुल्क ५ रुपैयाँबाट घटाएर २ रुपैयाँ ५० पैसा कायम

२०७६ बैशाख ८,आईतवार १७:२१

मकवानपुर,०८ वैशाख । भीमफेदी कारागारमा एक मिनेट टेलिफोन गरेको ५ रुपैयाँ लिने व्यवस्थालाई नयाँ कारागार प्रमुख आएपछि परिवर्तन गरिएको छ । ५ रुपैयाँबाट घटाएर २ रुपैयाँ ५० पैसा कायम गरिएको कारागार प्रमुख प्रकाश खनालले बताए ।

यसअघि आफन्तकहाँ टेलिफोन गरेवापत् प्रतिमिनेट ५ रुपैयाँ लिने गरिएको थियो । टेलिफोन सञ्चालन गरेवापत् प्राप्त आम्दानी र भएको खर्च पनि चौकीदार कै हुने भएकोले मनोपोली थियो ।

कारागारभित्र रहेको ८ वटा टेलिफोनबाट कैदीबन्दीहरुले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म टेलिफोन गर्न पाउने व्यवस्था छ । सो टेलिफोन गरेवाापत प्रतिमिनेट ५ रुपैयाँ लिने चलन बसाइएको थियो । अब त्यसमा परिवर्तन गरिएको छ, अब आधा रकम मात्र लिने गरी व्यवस्था गरिएको छ,– कारागार प्रमुख खनालले भने ।

र, यो पनि पढ्नुहोस् :

– घरेलु हतियार लिएर फनफनी नचाउन थालेपछि १२ कैदीबन्दी स्थानान्तरण : कारागार प्रमुख खनाल

– भीमफेदी कारागारमा लफडा, ‘प्रहरी परिचालन गरेका छौं’ : प्रहरी प्रवक्ता भट्टराई

– नाइके डानियल लामाको सेटिङमा भीमफेदी कारागारमा बबाल

– भीमफेदी कारागारमा २ बर्षदेखि छैनन् अहेब

– भीमफेदी कारागारमा झमेलापछि बुद्धि बल लामा झुम्का स्थानान्तरण

-७५ हजार घुस रकम सहित भीमफेदी कारागारका जेलर मदन अधिकारी पक्राउ


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*