जय किशन बस्नेतको चलचित्र ‘हिरो नं. वान’ छायांकनमा

२०७६ बैशाख ८,आईतवार १६:३६

काठमाडौं ८ वैशाख। कलाकार तथा निर्देशक जय किशान बस्नेतको ‘हिरो नं. वान’ छायांकनमा निस्कीएको छ । चलचित्र ‘हिरो नं. वान’ शुक्रबारबाट छायांकनमा निस्किएको हो । जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुँदै गरेको यस चलचित्रमा लेखन, निर्देशन तथा निर्माण कलाकार जय किशन बस्नेतको नै रहने छ ।

जय किशन बस्नेतको चलचित्र ‘हिरो नं. वान’ छायांकनमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेतले प्रस्तुत गर्ने यस चलचित्रमा द्धन्द शंकर महर्जन, श्रृंगार रबि केसी, मधु न्यौपानेको गीत, संगीत ताराबिर पाण्डे र हरि थापा, नृत्य राम्जी लामीछाने रहेका छन् ।

त्यस्तै, कार्यकारी निर्माता मदन रताम्रकार रहने छन् भने, रामजी राउत र ञन कुमार कट्टेल मुख्य सहायक पनिर्देशक रहने छन् । चलचित्रमा विनोद सापकोटाको छायांकन रहने छ भने, तारा थापा किम्भेको सम्पादन रहने छ ।

यस भलभित्रमा कलाकारहरु जय किशन बस्नेत, एलीना रायमाझी, राजीबजंग बस्नेत, जाहन्वी बस्नेत, टार्जन, शोभित बस्नेत, यत्तलम केसी, संद्धरत्न महर्जन, माया तमाङ, मलन ताम्राकार रहेका छन् ।

चलचित्र ‘हिरो नं. वान’ काठमाडौं, दामन, कुलेखानी, मनाङ, मुस्ताङ, दोलखा, पोखरा लगायतका रमणीय स्थतमा छायांकन हुने चलचित्रका कलाकार निर्देशक तथा निर्माता जय किशन बस्नेतले बताए।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*