नेकपा र राप्रपा परित्याग गरी ५३ जना काँग्रेसमा प्रवेश

२०७६ बैशाख ७,शनिबार १५:५६

मकवानपुर ७ बैशाख । विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा ५३ जना प्रवेश गरेका छन् । आज नेपाली काँग्रेसको मनहरीमा भएको क्षेत्रीय सम्मेलनमा नेकपा र राप्रपाका गरी ५३ जना काँग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई प्रमुख अतिथि एवम् पार्टीका केन्द्रिय सदस्य धनराज गुरुङ् विशिष्ट अतिथि प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँ र अतिथिहरुले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा अतिथिहरु कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पार्टी सचिव बुद्ध लामा, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ्ग, जिल्ला सल्लाहकार उमा दाहाल, १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईं, ४ नम्बर क्षेत्रीय उपसभापति नुरोज पौडेल, मनहरी गाउँपालिका संयोजक भरत पराजुली, नवप्रवेशीद्वय राजेन्द्र कालाखेती, सुमन प्रजाले मन्तव्य व्यक्त गरेका थिए ।