कार्यकर्तालाई बानियाँको निर्देशन : कम्युनिष्ट सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नुस्

२०७६ बैशाख ७,शनिबार १२:४३

मकवानपुर ७ वैशाख । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट सरकाले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्न पार्टीका कार्यकर्ता तथा समर्थकहरुलाई निर्देशन दिएका छन् ।

आज मकवानपुरगढी वडा नम्बर ३ मा रहेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले कम्युनिष्ट पार्टी भन्नेहरुलेनै गलत क्रियाकलाप गरिरहेकोले अब जनताले उनीहरुको वास्तविकता थाहा पाईसकेको समेत बताए । साथै उनले अब मकवानपुरगढीको विभिन्न वडामा गएर गाउँ जागरण अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कांग्रेस गढी ३ का वडा संयोजक विजय लामाको सभाध्यक्षता भएको कार्यक्रममा कांग्रेस जिल्ला सदस्य अर्जुन दाहाल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, १ नम्बर क्षेत्रीय सचिव सुवात सिं थिङ्ग, गढी गाउँपालिका संयोजक दोर्जे लामा स्याङ्तानलगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।