जन्मदिनमा मामाघरलाई सहयोग

२०७६ बैशाख ७,शनिबार १२:२३

मकवानपुर ७ वैशाख । सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको मामाघर नेपाललाई मकवानपुरका युवा व्यवसायीले आज आफ्नो जन्मदिनको अवसरमा आर्थिक र केही खाद्यान्न सहयोग गरेका छन् ।

मकवानपुरका फर्नीचर व्यवसायी दिपक पाख्रीनले नगद २ हजार १ सय ५ रुपैंयासहित केही खाद्यान्न सहयोग गरेका हुन् ।
सहयोगपश्चात उनले तु खबरसंग कुराकानी गर्दै भने ‘ म २२ पुगेर २३ बर्षलागेँ, आफ्नो जम्मदिन मामाघर नेपालका भान्जाहरुसंग मनाउँदा खुशी महसुस भयो ।’

पाख्रीन हेटोंडामा पाख्रीन फर्नीचर उद्योग संचालन गर्छन् ।