सशस्त्रको टोलीले समात्यो २ जना

२०७६ बैशाख ५,बिहीबार १९:०१

बारा ५ वैशाख । बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ खुदियाटोलास्थित सीमा ईलाकाबाट हिजो बुधबार सशस्त्र प्रहरीको टोलीले करीब ११ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड कपडासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको पूर्वी चम्पारण तेलकुँवा १ घर बताउने २७ बर्षिय नाझा यादव र भारतकै मोतिहारी घर बताउने ३२ वर्षिय मुनिलाल पटेल रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त कपडासहित पक्राउ गरेको हो ।