पूर्वी नवलपरासीको कावासोतीमा बम विस्फोट

२०७६ बैशाख ५,बिहीबार १८:०१

मकवानपुर ५ वैशाख । पूर्वी नवलपरासीको कावासोतीमा आज विहीवार बम विस्फोट भएको छ । बम विस्फोट ईन्द्रचोकमा भएपनि धेरै परसम्म बमको आवाज सुनिएकोले बम निक्कै शक्तिशाली भएको स्थानीयको अनुमान छ ।

विस्फोटबाट मानवीय क्षति भने भएको छैन । इन्द्रचोकको खाली स्थान झाडीमा बम विस्फोट भएको थियो ।

त्यसैगरी गैडाकोट नगरपालिका १४ बेल्डियामा रहेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । यता दुम्कौली स्वास्थ्य चौकी अगाडि राखिएको शंकास्पद वस्तु झोलाभित्र भने जेरी पुरी भेटिएको छ ।

त्यसैगरी बन्दको बेला सवारी साधन चलाएको भन्दै विप्लवका कार्यकर्ताहरुले कावासोती १६ डण्डा पत्थर खोला निर एउटा भारतीय ट्रकमा बम प्रहार गरेका छन् ।