प्रदेश ३ को प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्म स्थगित

२०७६ बैशाख ५,बिहीबार १७:४९

मकवानपुर ५ वैशाख । ३ नम्बर प्रदेशसभाको बैठक अर्को सूचना जारी नहुन्जेलसम्मको लागि स्थगित भएको छ । आज विहिबार बसेको प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नहुन्जेलसम्मको लागि बैठक स्थगित गरेका हुन् । । आजको बैठकले भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रस्तुत गरेको प्रदेश सहकारी सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।

त्यसैगरी प्रदेशका कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको प्रदेशका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐनको पहिलो संशोधन विधेयक सर्वसम्मत पारित भएको हो ।

आजको शुन्य समयमा २९ जना प्रदेश सांसदहरुले शुन्य समयमा आफ्नो मत प्रस्तुत गरेका थिए ।