थुनामा रहेका पत्रकार अदालतको आदेशमा रिहा

२०७६ बैशाख ५,बिहीबार १७:४०

मकवानपुर, ०५ वैशाख । ठगी सम्बन्धि पीडितहरुको उजुरीको आधारमा समाचार लेखेवापत प्रहरीको अनुसन्धान व्यूरोको थुनामा रहेका कास्कीका पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौँले साधारण तारेखमा थुनामुक्त गरेको छ ।

न्यायधीश अम्बरराज पौडेललको आदेशमा पत्रकार गिरी थुनामुक्त भएका हुन् ।

बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ता स्वागत नेपालले बहस गरेको सो मुद्धामा त्रुटीवस् गलत विवरण दिन पुगेकोमा प्रेस काउन्सिल नेपालले क्षमा याचना समेत गरेको छ । यस अघि काउन्सिलले पत्रकार गिरीलाई काउन्सिललाई बुझाउन प्रहरीको अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको भएपनि प्रहरीले टेरेको थिएन ।