हेटौंडामा बैशाख ७ बाट “सुर्दशनसँग कफी”श्रृंखला हुने

२०७६ बैशाख ५,बिहीबार १७:२९

मकवानपुर ५ वैशाख । हेटौंडामा नलेज भिलेज नेपालले बैशाख ७ गतेबाट “सुर्दशनसँग कफी” श्रृंखला सुरु गर्ने भएको छ । प्रत्येक महिनाको पहिलो शनिबार बिहान सात बजेर ३० मिनेटदेखि ८ बजेसम्म आधा घण्टासम्म “सुर्दशनसँग कफी” श्रृंखला हुने भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।

न्युज क्लब नेपाल हेटौँडा वडा नंबर २ को सभाहलमा हुने कार्यक्रममा जीवनपयोगी, समसायीक विषयमा बंंैकर तथा लेखक सुदर्शन अधिकारीले आफ्नो प्रस्तुतीकरण गर्नेछन् ।

कार्यक्रमको विषयमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले आफ्नो ४५ वर्षे बैंकिक करिअर तथा सामजिक जीवनको अनुभवलाई कार्यक्रमको मार्फत प्रस्तुत गर्न लागिएको बताए ।

निशुल्क प्रवेशको ब्यवस्था भएको कार्यक्रममा स्वास्थ्य जीवन, तनाव ब्यवस्थापन, सफलताका सुत्रहरु, ब्यवसायिक सफलता, नेतृत्व र जिम्मेवारी, सकारात्मक सोच, आर्थिक र वित्तिय कुरा, जीवन विज्ञान, समाजसेवा लगाएतको विषयमा मन्थन हुने अधिकारीको भनाई रहेको छ ।