कृषकको हितमा मित्र सेवा कृषि फर्म सुरु

२०७६ बैशाख ५,बिहीबार १०:४३

मकवानपुर ५ वैशाख । तरकारीमा बषौदेखि हुँदै आएको बिचौलिया प्रथाको अन्त्य गर्नका लागि स्थापित मित्र सेवा कृषि फर्मको उद्घार्टन भएको छ । बिचौलियाहरुको मारमा परेको किसानहरुका लागि किसानले खेतीका लागि आवश्यक सामाग्री उचित मूल्यमा खरिद र किसानले उत्पादन गरेको कृषि उपजहरुलाई उचित मूल्यमा बिक्रि सजिलो बनाउनु फर्मको स्थापना गरिएको फर्मका प्रबन्धक हरिशरण जिम्बाले जानकारी दिए ।

जिम्बाका अनुसार मित्रसेवा विशेषगरि आफ्नो कृषि उपजको उत्पादन बढाउन तथा बजारीकरण गर्न चाहने किसानलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको र किसानले उत्पादन गरेका कृषि उपजलाई प्रति केजी न्युनतम र अधिकतम मुल्य तोकर आफुहरुले किसानले उत्पादन गरेका कृषि उपजहरु लिने गरी सम्झौता गरिने जानकारी दिए ।

मनहरी गाउँपालिका १ का वडा अध्यक्ष शिव प्रसाद खनालको प्रमुख आतिथ्यता तथा फर्मका प्रबन्धक हरिशरण जिम्बाको सभाध्यक्षतमा भएको कार्यक्रममा कृषि प्राबिधिक, संघ संस्थाका प्रतिनिधी र किसानहरुको सहभागीत रहेको थियो ।

वैशाख ४ गतेबाट सुरु भएको यो योजना पालुङ मकवानपुरका सबै स्थानमा संचालन गरिने छ । मनहरी १ चकरीमा यसको कार्यालय रहेको फर्मले किसानसंग निकै सस्तोमा तरकारी लिने र महगो मुल्यमा बिक्री गर्ने बषौअघिदेखिको प्रचलनको अन्त्य गर्नका लागि र किसानहरुको सहजताको लागि नयाँ योजना ल्याएको हो ।