बिपन्न विद्यार्थीलाई गाउँपालिकाले नि:शुल्क पढाउने

२०७६ बैशाख ४,बुधबार १०:५१

मकवानपुर ४ वैशाख । मकवानपुरको राक्सिराङ गाउँपालिकाले बिपन्न अभिभावकका छोराछोरीलाई नि:शुल्क पढाउने भएको छ । मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले आफुले पढाउन नसक्ने जानकारी गराएमा त्यस्ता अभिभावकका छोराछोरीलाई गाउँपालिकाले पढाईदिने निर्णय गरेको हो ।

‘गाउँपालिका भित्र आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेको अवस्थामा गाउँपालिकाले अभिभावकत्व लिई नि:शुल्क पठनपाठनको व्यवस्था मिलाउने घोषणा गरेका छौं’, गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘आफुले पनि छोराछोरी विद्यालय भर्ना नगर्ने र गाउँपालिकालाई पढाउन नसकेको जानकारी पनि नदिनेहरुलाई गाउँपालिकाले दिने सेवा सुविधाबाट समेत बन्चित गर्नसक्ने निर्णय गरेका छौं ।’

विद्यार्थी भर्नाको लागि गाउँपालिकाले विपन्न चेपाङ तमाङ्ग सारा, शिक्षा दिने राक्सिराङ्गको अभिभारा र राक्सिराङ्गको अपेक्षा सबैमा पु¥याउँ शिक्षा स्थानीय नारा तय गरेको छ ।