हवाई ईन्धन चोरी गर्ने हेटौंडाका २ सहित ३ जना पक्राउ

२०७६, २ बैशाख सोमबार १९:१४

मकवानपुर २ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हवाई ईन्धन चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

आईतबार विहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा ४ कमलडाँडास्थितमा पार्कीङ गरी राखेको हवाई ईन्धन चोर्दै गर्दा ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा ४ बस्ने बर्ष ६० को बद्री गुरुङ, सोही ठाँउ बस्ने बर्ष ५१ को उत्तम श्रेष्ठ र जिल्ला भोजपुर भोजपुर नगरपालिका ११ घर भई हाल हेटौंडा ४ बस्ने बर्ष ४८ को बलराम सुनुवार रहेको प्रहरीले जानकारी दिएको छ ।