आजबाट देशैभर विद्यालय भर्ना अभियान शुरु

२०७६, २ बैशाख सोमबार १८:५८

मकवानपुर २ वैशाख । उमेर पुगेका बालबालिका विद्यालय बाहिर नरहुन् भन्ने उद्धेश्यले सरकारले सोमबारबाट देशभर विद्यालय भर्ना अभियान शुरु गरेको छ ।

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याऔं’ भन्ने नाराका साथ विद्यालय भर्ना अभियान शुरु गरेको हो । शिक्षा मन्त्रालयको नेतृत्वमा औपाचारिक रुपमा सोमबारबाट अभियान शुरु भएको छ ।

मन्त्रालयका अनुसार यस वर्ष ९१ हजार बालबालिका स्कुल बाहिर रहेका छन् । उनीहरुसहित विद्यालय जाने उमेरका बालबालिकालाई समेत अभियानमार्फत समेट्ने लक्ष्य मन्त्रालयको छ ।

देशका ७ सय ५३ वटै स्थानीय तहमार्फत अभियान संचालन हुने जनाईएको छ । अभियान वैशाख १४ गतेसम्म संचालन हुने भएको छ ।

प्रश्ट खबरको सहयोगमा