दुई तिहाईको सरकारले अपराधीलाई संरक्षण गर्यो : नगर अध्यक्ष गिरि

२०७६ बैशाख २,सोमबार १८:४३

मकवानपुर २ वैशाख । नेपाल तरुण दल नगर कार्यसमिति मकवानपुरले मुलुकमा भ्रष्टाचार, लुटपाट,बलात्कार जस्ता जधन्य अपराध भईरहँदा समेत राज्यले दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आज प्रेस विज्ञप्तीमार्फत यस्ता गलत क्रियाकलापको अन्त्य गरिनुपर्ने धारणा सार्वजनिक गरेको छ ।

विविध १२ विषय उल्लेख गर्दै त्यस विषयमा सरकारले चासो देखाउनुपर्ने तरुण दलका नगर अध्यक्ष सुनिल गिरिले जानकारी दिए ।

दुई तिहाईको सरकार आएपनि जनताले स्वतन्त्र र सुरक्षित भएर बाँच्न नपाएको विज्ञप्तीमा उल्लेख छ । नागरिकताको विषयमा देखिएको समस्या, सिमा सुरक्षामा सैनीक तैनाथ गर्न नसक्नु, विदेशी हस्तक्षेत्र रोक्न नसक्नु, गैरकानुनी रुपमा धर्म परिवर्तनका काम भईरहनुु, राज्यको जुनसुकै तहमा भ्रष्टाचार मौलाउनु, हत्या हिँसा बलात्कार बढिरहँदा राज्यले एक्सन लिन नसक्नु, लगाएतका विषयमा अहिलेको सरकार असफल भएको अध्यक्ष गिरिले बताए ।

अहिलेको सरकारले २ तिहाईको दम्भ देखाउँदै अपराधीलाई संरक्षण गरिरहेको समेत गिरिले आरोप लगाए ।
उनले विप्लव नेतृत्वको पार्टीलाई पनि प्रतिबन्ध लगाउनु गलत भएको धारणा व्यक्त गरे ।
गिरिले भने ‘ हाम्रो प्रयासले मात्रै यी सव कुरामा परिवर्तन ल्याउन नसक्ला तर हामी जस्तै सबैले यस विषय उठान गर्ने हो भने यस्ता जघन्य अपराध निर्मुल पार्न सकिन्छ । ’
उनले यस्ता जनता र समाजको हितका विषयमा तरुण दल नगर समिति बोल्न सधैं तत्पर रहेको भन्दै आगामी यस्ता कार्यक्रमहरु रहेको र विस्तारै सार्वजनिक गर्ने बताए ।