नेकपा महासचिव पौडेलद्वारा चीनको सियानमा अध्ययन केन्द्र उद्घाटन

२०७६, २ बैशाख सोमबार १७:५४

काठमाडौँ २ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले आइतबार चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को उद्घाटन गरेका छन् ।

सियान नगर सरकार (सियान म्युनिसिपल गभरमेन्ट) द्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरुका बारेमा अनुसन्धान गर्ने सियान विश्वविद्यालयका कार्यरत नेपाली प्राध्यापक तथा सो अध्ययन केन्द्रका निर्देशक डा. राजीवकुमार झाले जानकारी दिए ।

अध्ययन केन्द्रले चीन र दक्षिण एसियाली देशहरुका आर्थिक, सामाजिक तथा अन्य विविध सम्बन्धका विषयमा अध्ययन अनुसन्धान गरी आर्थिक सम्भावनाहरुका बारेमा चीन सरकारलाई प्रतिवेदन प्रस्तुत गर्ने झाले बताए ।

उद्घाटन कार्यक्रममा चीनको साङ्सी प्रान्तीय कम्युनिष्ट पार्टीका नेताहरु, सो विश्वविद्यालयका पदाधिकारीहरु र उक्त केन्द्रको दक्षिण एसियाली देशका निर्देशकहरुको सहभागी थिए ।