२०७५ सालमा जनताले चेतावनी र धम्की उपहार पाएको

२०७६, २ बैशाख सोमबार १७:१८

मकवानपुर २ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २०७५ सालमा जनताले सरकारबाट चेतावनी र धम्की उपहार पाएको बताएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर सरकाले एक वर्षमा वुद्धिजीवि, पत्रकार र विपक्षीलाई धम्कीको दिने काम गरेको बताएको हो ।

साथै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई आपत्तिजनक रहेको ठहर गरेको छ । पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको आरोप समेत लगाएका छन् ।