पोखरीमा डुबेर एक किशोरको मृत्यु

२०७६, २ बैशाख सोमबार १६:३७

भरतपुर २ वैशाख । भरतपुर महानगरपालिका–६ ओरालो घोलस्थित पोखरीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी १३ वर्षीय सरोज न्यौपाने रहेका छन् ।

गर्मीको समयमा पौडी खेल्न गएका उनी दिउँसो १२ बजे पोखरीमा डुबेका थिए । उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।