प्रदेशस्तरीय सुरक्षा गोष्ठी हेटौंडामा, गृहमन्त्री बादल पनि सहभागि हुने

२०७६ बैशाख २,सोमबार १५:४८

मकवानपुर २ वैशाख । प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने भएको छ । वैशाख ३ र ४ गते हुने सुरक्षा गोष्ठीमा नेपाल सरकारका गृहमन्त्री रामहादुर थापा बादल आउनेछन् ।

हेटौंडाको होटेल एभोकार्डोमा गोष्ठी संचालन हुनेछ । गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अनुसन्धानका प्रमुख, तथा सेनाको उच्च पदस्थ पदाधिकारीहरु सहभागि हुनेछन् ।

तु खबरसंग कुराकानी गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले सुरक्षा गोष्ठीको लागि आफुहरु तयारीमा जुटेको बताए । उनले ४ गतेका लागि सुरक्षा व्यवस्था समेत कडा बनाईएको बताए ।

गोष्ठीको औपचारिक उद्घाटन भने ४ गते विहान ९ बजे हुने प्रजिअ तामाङ्ले जानकारी दिएका छन् ।