खर्च गर्न नजानेर देशको विकास नभएको : मन्त्री ढुंगेल

२०७६, २ बैशाख सोमबार १४:२१

मकवानपुर २ वैशाख । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले खर्च गर्न नजानेर देशको विकास नभएको बताएका छन् ।

खाँडादेवी गाउँपालिकाले आयोजना गरेको २ वर्षे आवधिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले यस्तो बताएका हुन् ।

मन्त्री ढुंगेलले भने, ‘हामीसँग पैसाको खाँचो छैन । तर, खर्च गर्ने तौर–तरिका मिलेन ।’ विगतमा सरकारले खर्च गर्न नजाने पनि अब योजनाबद्ध रुपमा खर्च गरेर विकास गर्ने उनले दाबी गरे ।