मलेसियामाथि नेपालको सहज जित

२०७६ बैशाख २,सोमबार १३:२४

काठमाडौं २ वैशाख । यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेसियामाथि ८ विकेटको जित हात पारेको छ ।

मलेसियालाई ९२ रनमा समेटेको नेपालले मात्र १३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । तर, यूएईले कतारलाई हराएका कारण नेपालको विश्वकप छनोटको सम्भावना भने कठिन देखिएको छ ।

नेपालका लागि ओपनर रित गौत्तमले अविजित ३९ रन बनाए । आशिफ शेखले २६ रन बनाउँदा अर्का ओपनर पवन सर्राफ १९ रनमा आउट भए ।