मकवानपुरमा सवारी दुर्घटना हुँदा २ को मृत्यु

२०७६ बैशाख २,सोमबार १२:२३

मकवानपुर २ वैशाख । मकवानपुरमा भएका २ छुट्टा–छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । पोखराबाट विरगंजतर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट ६५ वर्षीय वृद्धको ज्यान गएको हो । उनको परिचय खुलेको छैन ।

त्यस्तै मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा रोकिराखेको ना ८ ख ४३२६ नम्बरको टिपरसँग ना ३२ प १८४९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गढीगाउँपालिका धरमपानीका ३५ वर्षीय गोविन्द वमजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । उनको उपचारका क्रममा चितवनमा मृत्यु भएको हो ।

दुई वटै दुर्घटनाका ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।