प्रदेश २ मा आज सार्वजनिक विदा

२०७६ बैशाख २,सोमबार ११:०२

सिरहा २ वैशाख । प्रदेश नं. २ मा आज सार्वजनिक विदा दिइएको छ । तराईका विभिन्न जिल्लाहरुमा आज जुडशितल पर्व मनाउनको लागि प्रदेश २ सरकारले सार्वजनिक विदा दिइएको हो ।

नयाँ वर्षको अवसरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेठा व्यक्तिले आफूभन्दा सानालाई टाउकोमा पानी छर्किदै आशिर्वाद दिएर जुडशितल पर्व मनाईँदैछ ।

वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशिर्वाद दिने र सानाले पनि मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहिआएको छ ।