मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

२०७६, २ बैशाख सोमबार १०:४१
File Photo

 

मकवानपुर २ वैशाख । गएराती मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मनहरीको खराङ् नजिकै सवारी दुर्घटना हुँदा विराटनगर घर भएका ३१ बर्षका रविन्द्र कुमार पोदाको मृत्यु भएको हो ।

मनहरीबाट हेटौंडा आउदै गरेको ना १ ज ४८६७ नबंरको सुमोले सोही दिसाबाट आउदै गरेको ना ३४ प ७४९७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ पोदारको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ईन्सपेक्टर सागर राणाका अनुसार सुमोमा सवार १२ जना घाईते भएका छन् ।