विश्वभरि फेसबुकमा समस्या, दिउँसोबाट बन्द

२०७६ बैशाख १,आईतवार १८:१०

मकवानपुर, ०१ वैशाख । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा समस्या आएपछि फेसबुक बन्द भएको छ ।

नेपाल लगायत विश्वभर फेसबुकमा समस्या आएको हो ।  हेटौँडा लगायतका विभिन्न स्थानहरुमा दिउँसो करीव साँढे ३ बजेदेखि फेसबुक
खुलेको छैन । लाखौँले  प्रयोग गर्ने सामाजिक सञ्जालमा समस्या आएको हो ।

फेसबुक अरु कुनै ब्राउजरबाट नखुलेपनि ओपेराबाट भने खुलिरहेको छ ।

सरकारले केहि दिन अघि अनलाईन खेल पब्जी प्रतिबन्ध गरेको थियो । फेसबुकमा के समस्या आएको हो त्यो भने खुल्न सकेको छैन ।

फेसबुक, इन्टाग्राम र ह्वाट्स एफमा विश्वभर समस्या आएको अन्र्तराष्ट्रिय समाचार माद्यमले जनाएका छन् ।