मकवानपुरका एसपी किन गए स्मारक ?

२०७६, १ बैशाख आईतवार १४:२१

मकवानपुर 0१ वैशाख । मकवानपुरको पर्यटकीय स्थलको रुपमा रहेको सहिद स्मारकमा आज नयाँ वर्षको उत्सव मनाउँन आएका आन्तरिक तथा बाह्य पर्यटक को भिड लागेपछि त्यसलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।

नयाँ वर्ष मनाउन आएका सर्वसाधारणहरुको भिड धेरै भएपछि त्यसलाई व्यवस्थापन गर्न मकवानपुर एसपी मुकेश कुमार सिंह पनि स्मारक पुगेका छन् ।

सवारी जामलाई व्यवस्थित गर्न मकवानपुर एसपी सिंह स्मारण पुगेका हुन् । तु खबरसँग उनले स्मारकमा पर्यटकहरुको ब्यापक भिड लागेकोले आफै व्यवस्थापनको लागि आएको बताए । ट्राफिक प्रहरीले मात्र भिडभाड व्यवस्थापन गर्न समस्या भएपछि एसपी आफै त्यहाँ पुगेका हुन् ।

 

पर्यटकहरुसँग बढी भाडा अशुल गर्ने र सवारी नियम विपरित कार्य गर्ने तथा शान्ति सुरक्षामा असर पर्ने काम रोक्न आफू स्मारक आएको सिंहले बताए ।