बाग्मति नदीमा मोटरबोटको परिक्षण संचालन आज हुँदै

२०७६ बैशाख १,आईतवार ०९:०२

मकवानपुर, ०१ बैशाख । बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोटको परिक्षण आज हुँदैछ । परिक्षणपछि व्यवसायिक रुपमा मोटरबोट सञ्चालनमा आउने मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का साँसद कृष्ण प्रसाद दहालले बताए ।

रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्ने उद्धेश्यले आज परिक्षण गर्न लागिएको हो । प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण भएको र आजबाट ११ सिट क्षमताको मोटरबोटको परिक्षण सञ्चालन हुने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिएका छन् ।

तत्काल भाडामा ल्याइएको मोटरबोट सञ्चालन हुने र पछि केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै बोट सञ्चालन गरिने योजना रहेको छ ।

सांसद विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत खर्च गरिने योजनामध्येबाट रु २० लाख खर्च गरेर जलमार्गको निर्माण गरिएको हो ।