सशस्त्रद्वारा ६ पुरिया धुलोसहित २ जना पक्राउ

२०७५ चैत्र ३०,शनिबार ०८:४७

मकवानपुर, ३० चैत । पूर्व नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाँउपालिका ७ स्थित ब्यारेज पुल ईलाकाबाट सशस्त्र प्रहरी बल र स्थानीय प्रहरीले हेरोईन जस्तो देखिने ६ पुरिया धुलोसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षिय विक्रम लामा र २२ वर्षीय प्रभात बुढाथोकी छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिनय त्रिवेणीबाट खटिएको सशस्त्र प्रहरी र स्थानीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

लु. १८ प ४४५७ नम्बरको स्कुटीमा भारतबाट नेपालतर्फ आउँदै गरेको बेला उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।