चीनमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

२०७५, २९ चैत्र शुक्रबार १५:५२

बेइजिङ २९ चैत्र । मध्य चीनमा भएको मालबाहक रेल दुर्घटना भएको छ । रेल दुर्घटनामा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

हेनान प्रान्तको गोन्यीमा भएको रेल दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । खोजका क्रममा चार जना रेलसेवाका कर्मचारी र दुई जना स्थानीय गाउँलेको मृत्यु भएको पाइएको छ ।

रेलका डब्बा एकअर्कामाथि खप्टिएको अवस्थामा रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले जनाएको छ ।