नेकपा मकवानपुर इन्चार्ज ज्वाला अदालतमा, सोमबार बयान

२०७५ चैत्र २९,शुक्रबार १५:४२

मकवानपुर, २९ चैत । प्रहरीले विप्लव नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज बीरबहादुर घलान ज्वालालाई अदालतमा पेश गरेको छ ।

केही महिना अघि मनहरी गाउँपालिका वडा नं. ३ मा भेटिएको बिस्फोटक पदार्थमा उनी संलग्न भएको भन्दै सोही घटनालाई जोडेर प्रहरीले अभियोग लगाएको र फरारको सूचीमा राखेकोले अहिले फेला पर्यो भनी अदालत पेश गरिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार, उनीमाथि फौजदारी संहिताका आधारमा कानूनी कारवाही हुनेछ । आज अदालतमा हाजीर गराइएको भएपनि समय अभावका कारण उनको बयान हुन सकेन । उनलाई सोमबार अदालत उपस्थित गराउने आदेश भएको र सोही दिन बयान लगायतका कार्य हुने जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

यसअघि हिजो ज्वालालाई हेटौंडा उपमहानगरपालिका वडा नं. ८ फारलाइनबाट सशस्त्र प्रहरी बलको गस्ती टोलीले पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस् :

अपडेट : नेकपा मकवानपुर इन्चार्ज ज्वालालाई अदालत लगिँदै