५ वटै क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

२०७५, २८ चैत्र बिहीबार १८:०८

काठमाडौँ, २८ चैत। सरकारले ५ वटै क्षेत्रीय प्रशासन कार्यालय खारेज भएको घोषणा गरेको छ ।

मन्त्री परिषद्को बैठकले सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको हो । क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्दै ती कार्यालयहरुमा रहेका अभिलेखहरु सम्वन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले क्षेत्रीय प्रशासन कार्यालय हेटौडा,पोखरा, सुर्खेत, दिपायल र धनकुटास्थित क्षेत्रिय प्रशासन कार्यालय खारेज गरेको हो ।