घरेलु हतियार लिएर फनफनी नचाउन थालेपछि १२ कैदीबन्दी स्थानान्तरण : कारागार प्रमुख खनाल

२०७५ चैत्र २८,बिहीबार १४:५०

मकवानपुर, २८ चैत । भीमफेदी कारागारभित्र गत २४ गते भएको विवादमा १२ कैदीबन्दी अन्यत्र सरुवा गरिएको छ ।

ती कैदीबन्दीलाई सरुवा गर्नुपर्नाको कारणबारे हामीले कारागार प्रमुख प्रकाश खनाललाई सोधेका थियौँ । खनालका अनुसार, कैदीबन्दीले कारागारभित्र गरेको व्यवहारपछि कुनै अप्रिय घटना नहोस् भन्नका लागि स्थानान्तरण गरिएको उनले बताए । उनका अनुसार, घटना भएको दिन कैदबन्दीहरुले कारागारभित्र घरेलु हतियार नचाएका थिए । सो कार्यमा संलग्न भएकाले ती १२ जनालाई अन्यत्र पठाउनु परेको हो ।

घरेलु हतियार (तरकारी काट्ने चक्कुआदि) लिएर कैदीबन्दीहरुले कारागारभित्र अस्वभाविक गतिविधि गर्न थालेपछि उनीहरुलाई कारागार व्यवस्थापन ऐन अनुसार अन्यत्र पठाइएको हो ।

र, यो पनि पढ्नुहोस् :

– भीमफेदी कारागारमा लफडा, ‘प्रहरी परिचालन गरेका छौं’ : प्रहरी प्रवक्ता भट्टराई

– नाइके डानियल लामाको सेटिङमा भीमफेदी कारागारमा बबाल

– भीमफेदी कारागारमा २ बर्षदेखि छैनन् अहेब

– भीमफेदी कारागारमा झमेलापछि बुद्धि बल लामा झुम्का स्थानान्तरण

-७५ हजार घुस रकम सहित भीमफेदी कारागारका जेलर मदन अधिकारी पक्राउ