हेफर ईन्टरनेशनल पुग्यो हावाहुरी पीडितका लागि राहत लिएर बारा

२०७५, २८ चैत्र बिहीबार १२:३२

बारा २८ चैत । हेफर ईन्टरनेशनल नेपालले बारा जिल्लाका हावाहुरी पीडितलाई राहत सामाग्री सहयोग उपलब्ध गराएको छ । हेफर ईन्टरनेशनल नेपालको सहयोग तथा जन जागरण युवा क्लव बारा र सृजनशिल सामाजिक उद्यमी महिला सहकारीको समन्वयमा राहत सामाग्री सहगोग गरिएको हो ।

हेफर ईन्टरनेशनलका अनुसार बाराको महागढिमाई नगरपालिका तेलगाई ७ का ८६ घरधुरी र देवताल गाउँपालिकाका ७ का २ सय २ घरधुरीमा राहत सामाग्री वितरण गरिएको हो ।

त्यसैगरी सुवर्ण गाउँपालिका ४ हर्दियामा १ सय ३६ घर धुरीमा र महागढिमाई नगरपालिका ७ मा १ सय १३ घरधुरीमा राहत सामाग्री सहयोग गरिसकिएको छ ।

राहत जम्मा ५ सय ५० घरधुरीलाई बाँडीएको हेफर ईन्टरनेशनलका कार्यक्रम प्रबन्धक दुर्गा केसी र हेफर ईन्टरनेशनलका पूर्व ईटहरिका क्षेत्रिय कार्यक्रम अधिकृत दिपेश पोखरेलले तु खबरलाई जानकारी दिए ।

राहत सामाग्रीहरुमा प्रत्येक परिवारलाई चामल ५० किलो, दाल ३ किलो, २ वटा त्रिपाल, चाउचाउ २ बाकस , तन्ना, खाने तेल १ लिटर , नुन १ केजी र टर्च लाईट समेत उपलब्ध गराईएको थियो ।

हेर्नुहोस् तस्वीरहरु
तस्वीर : राजु तिमल्सिना