बंशगोपालको ३७ औं अभिभावक भेला सम्पन्न

२०७५ चैत्र २७,बुधबार १८:४८

मकवानपुर, २७ चैत । वंशगोपाल माद्यमिक विद्यालय मकवानपुरगढी २(प्राविधिक शिक्षालय) को अभिभावक भेला सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनीको सभाध्यक्षमा भेला सम्पन्न भएको हो ।

प्रमुख अतिथि मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष विदुर हुमागाई, शिक्षा संयोजक तथा वडा नं. ५ का अध्यक्ष  जित ब.घिमिरे, २ का वडा अध्यक्ष श्री बखानसिंह पाख्रिन, विभिन्न संघ संस्था ,छिमेकी विद्यालयका प्र.अ. तथा अध्यक्ष लगायतले विद्यालयलाई प्राविधिक धार बनाउन सबैले आ—आफनो तर्फबाट  पहल र सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

साथै प्रधानाध्यापक लिलानाथ ढुंगेलले शैक्षिक र आर्थिक तथा अध्यक्षले कार्ययोजना प्रस्तुत गरेका थिए ।