हेटौंडा–काठमाडौं सडक खण्डको होटलहरुमा प्रहरीको छड्के

२०७५ चैत्र २७,बुधबार १६:४४

मकवानपुर २७ चैत्र । इलाका प्रहरी कार्यालय भीमफेदीले मकवानपुरको भीमफेदी गाउँपालिका र इन्द्रोसरोवर गाउँपालिकामा पर्ने सडक खण्डको होटलहरुको छड्के अनुगमन गरेको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तकुमार लामाको नेतृत्व टोलीले हेटौंडा–काठमाडौंको छोटो मार्गमा धेरै चालु हुने होटलहरुमा छड्के अनुगमन गरेको हो ।

अनुगमनको क्रममा करिब ५ सय लिटर घरेलु मदिरा बरामद भएको तथा बरामद मदिरा स्थानियको रोहबरमा नष्ट गरिएको थियो ।