नयाँ औद्योगिक क्षेत्र निर्माण, ईआईए सकियो, स्वीकृत हुन बाँकी

२०७५, २७ चैत्र बुधबार १०:१८

मकवानपुर २७ चैत । तीन वर्षअघि प्रादेशिक औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले केन्द्रीय सरकारले घोषणा गरेको नयाँ औद्योगिक क्षेत्र निर्माणले तीब्रता पाएको छ । २०७२ चैत १ गते मन्त्रि परिषद्बाट निर्णय गरेर हेटौंडा उपमहानगरपालिका १४ मयुरधापमा १ सय ३५ हेक्टरमा निर्माण सुरु गरिएको नयाँ औद्योगिक क्षेत्रको वातावरण प्रभाव मूल्यांकन (ईआईए) सकिएको छ । वन तथा वातावरण मन्त्रालयले अध्ययन गरेर स्वीकृत गर्न मात्र बाँकी छ ।

डिपिआर तयार पार्न प्राविधिक टोली खटेको २२ महिनापछि औद्योगिक क्षेत्रको ईआईए अन्तिम चरणमा पुगेको हो । यसअघि पहिलो चरणमा २०७४ जेठमा डिपिआर तयार पार्न टोली खटेको थियो । मन्त्री परिषद्को २०७३ वैशाख १४ को निर्णयअनुसार भोगाधिकार प्राप्त गरेसंगै लिमिटेडले औद्योगिक क्षेत्र स्थापना गर्न प्रक्रिया अगाडि बढाएको थियो । एक बर्षपछि औद्योगिक क्षेत्र स्थापना गर्न डीपीआर तयार गर्न सुरु गरिएको हो ।

साबिक चुरियामाई र पदमपोखरी गाविसको बीचमा पर्ने मयुरधाप क्षेत्रको करिब ३ सय बिगाहा सार्बजनिक जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न प्राबिधिक टोलीले सर्भे काम गरिरहेका छन् । औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले तीन वर्षअघि प्राप्त गरेको थियो ।

सरकारले लिमिटेडलाई जग्गा भोगाधिकार दिएपछि काठमाडौंबाट नजिकैको औद्योगिक क्षेत्र भनेकै हेटौंडा भएकोले मयुरधापमा बालाजु र पाटन औद्योगिक क्षेत्रका ठूला औद्योगिक प्रतिष्ठान स्थानान्तरण गर्ने बिषयमा अध्ययन भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापनका महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए ।

औद्योगिक क्षेत्र परियोजनाका प्रमुख प्रकाश केसीले डीपीआरको काम सकिएको र ईआईए स्वीकृत भएपछि परियोजनाको काम धमाधम सुरु गरिने बताए । सरकारले मुलुकमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सातवटै प्रदेशमा एक–एकवटा औद्योगिक क्षेत्र स्थापना गर्न लागेको छ । २०७२ चैत्र १ मा प्रदेश ३ को मयुरधापमा नया“ औद्योगिक क्ष्ँेत्र घोषणाको निर्णय भएको थियो ।

ईआईएको काम सकिने बित्तिकै मयुरधाप कालापानी औद्योगिक क्ष्ँेत्रको शिलान्यास हुनेछ । डीपीआरको काम भने सकिएको छ । करिब २ सय बिघा जमिनमा औद्योगिक क्ष्ँेत्र स्थापना गरिनेछ । २० बिघा जमिन मुद्रण विभागले लिइसकेको छ । बा“की जमिनलाई ४ देखि १४ रोपनीसम्मका ६२ वटा प्लटमा विभाजित गरिनेछ ।
नयाँ औद्योगिक क्षेत्रको जमिनमा अतिक्रमण र उत्खनन
रोक्न तारबार लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । त्यसको १० प्रतिशत काम मात्र बा“की छ । केही जमिन पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जभित्र परेकाले प्रक्रिया पु¥याउने क्रममा ढिलाइ भएको
परियोजना प्रमुख केसीले बताए । २ सय १ बिगहा जमिनमा तारबार लगाउने कार्य अन्तिम चरणमा पुगेको छ, उनले भने ।

मयुरधापको उक्त ऐलानी जमिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा गराउन मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । नयाँ औद्यँेगिक क्षेत्रको पूर्वाधार निर्माणको काम गर्न
कम्तीमा २ वर्ष लाग्न सक्ने प्रमुख केसीले बताए ।
नयाँ औद्योगिक क्ष्ँेत्रमा एक सयवटा उद्योग स्थापना हुन सक्छन् । गुरुयोजना बमोजिम औद्योगिक क्षेत्र निर्माणमा साढे ७ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

मयुरधापलाई राजमार्गसँग जोड्न सकिने र बिजुली पनि सहज ढंगले उपलब्ध हुने भएकाले यहाँ औद्योगिक क्षेत्र स्थापना गर्नु उपयुक्त भएको उद्योग संघ मकवानपुरका अध्यक्ष्ँ नवराज अर्यालले बताए । अनुत्पादक जग्गा उपयोेगमा पनि आउँछ । औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न पनि यहा“ सहज हुन्छ, उनले भने ।

हेटौंडाबाट काठमाडौं पुग्ने तीन वटा सडक संचालनमा रहेको र आगामी एक बर्षभित्र कान्ति लोकपथ सञ्चालनमा आएपछि थप सहज हुनेछ । द्रुतमार्ग र सुरुङमार्ग नबनेको खण्डमा पनि हेटौंडा–काठमाडौं यातायातमा कान्ति लोकपथले सहज हुनेछ ।  पाटन र भक्तपुरको औद्योगिक क्षेत्रलाई हस्तकलाग्रामको रुपमा विकास गर्ने र प्रदुषणयुक्त औद्योगिक प्रतिष्ठान स्थानान्तरण गर्ने बिषयमा सम्भाब्यता अध्ययन भइरहेको अध्यक्ष बस्नेतको
भनाइ छ ।

उपत्यकाका सबै औद्योगिक प्रतिष्ठानको अवस्थाको अध्ययन
गरी स्थानान्तरण गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । डीपीआरको कामपछि मयुरधापमा थप पूर्बाधारका काम सुरु गरिने बस्नेतले बताए ।

हेटौंडा सन्देश राष्ट्रिय दैनिकको पहिलो पृष्ठमा समाचार छ ।