मकवानपुरका न्यौपानेले गरे आत्महत्या

२०७५ चैत्र २६,मंगलवार १९:१३

मकवानपुर २६ चैत । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ कत्लेखोलाका १ जनाले आत्महत्या गरेका छन् ।

आज दिउँसो स्थानीय सुर्यप्रसाद न्यौपानेले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता यज्ञ प्रसाद भट्टराईले पुष्टी गरेका छन् ।

उनले आत्महत्या किन गरेको भन्ने विषय हालसम्म खुलेको छैन ।  ३७ वर्षीय न्यौपानेको दुई छोरी तथा दुई छोरा र श्रीमती छन् ।
प्रवत्ता भट्टराईका अनुसार प्रहरी टोली घटनास्थल पुगेको छ ।

शवलाई पोष्टमार्टमको लागि शवगृहमा ल्याईदै छ ।