शरदा माविको २१ औं वार्षिक अभिभावक भेला सम्पन्न

२०७५ चैत्र २६,मंगलवार १६:२५

मकवानपुर २६ चैत्र । श्री शारदा माध्यामिक विद्यालय मकवानपुरगढी ५ आमभञ्ज्याङको २१ औं वार्षिक अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दंगालको अध्यक्षतामा भएको भेलामा मकवानपुरगढी गाउँपालिका सामाजिक विकास संयोजक एवम् वडा नं ५ का अध्यक्ष जितबहादुर घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

भुकम्पपछि विद्यालयको शैक्षिक तथा भौतिक एवम् मनोसामाजिक वातावरण र गुणस्तर सुधारका लागिपरेको विद्यालयले भेलामा सोही विषयलाई प्रमुखताका साथ अघि सारिएको शिक्षक सिताराम दाहालले बताए । यसका लागि अक्षयकोष समेत स्थापना गरिएको र पूर्व विद्यार्थी संगठनले यसको लागि केही दिनअघि विशेष भेला आयोजना गरि सघाएका थिए ।

भेलाको अवशरमा भने शिक्षासेवी पूरण बहादुर जोशीले १ लाख रकम, गैसस महासंघका अध्यक्ष कृष्ण धितालले २५ हजारलगायत अक्षय कोषलाई रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको शिक्षक दाहालले बताए ।

भेलामा प्रधानाध्यापक ईन्द्रबहादुर कार्कीले विद्यालयको शैक्षिक प्रगति विवरण र भावी रणनीति प्रस्तुत गरेको थियो भने लेखापाल रामजी प्रसाद हुमगाईले वार्षिक आय ब्यय विवरण र आगामी शैक्षिक सत्रको अनुमनित बजेट पेश गरेको थियो ।

कार्यक्रममा कृष्ण प्रसाद धिताल, स्रोतब्यक्ति जनकराज पन्त, शिक्षक महासंघ मकवानपुर सचिव राजु गौतम, पूर्व अध्यक्ष बलराम घिमिरे, दीर्घ बहादुर थापा, समाजसेवी यतिराज सापकोटा, छिमेकी विद्यालयका प्रधानाध्यापकहरु शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति तथा पिटिए पदाधिकारी लगायतकाको उपस्थिति रहेको थियो ।