अपडेट : भीमफेदी कारागारका ३ कर्मचारीको जागीर चैट

२०७५ चैत्र २६,मंगलवार १०:०९

मकवानपुर, २६ चैत । भीमफेदी कारागारका करारमा कार्यरत ३ जना कर्मचारीको जागीर गएको छ । केही दिनअघि कारागारमा भएको झमेलामा संलग्न रहेको भन्दै करारमा कार्यरत कर्मचारीहरु बिमल देउला, नमराज थापा र हरिहर पुडासैनीको जागीर गएको हो ।

कारागारभित्र अनधिकृत बस्तुको प्रवेश गराउनेलगायतका कार्यमा संलग्न रहेको आरोपमा उनीहरुमाथि थप अनुसन्धान हुने कारागार प्रशासनले जनाएको छ ।
करारमा कार्यरत थापाको विषयमा भने यसअघि पनि बारम्बार विभिन्न आरोप लाग्दै आएको थियो । तर, विविध कारणले उनी जोगिँदै आएका थिए ।
अस्ति २४ गते आइतबार कारागारमा लागुऔषध भित्रिएको लगायतका विषयमा झमेला भएको थियो ।

सोही विषयमा करारमा कर्यरत ३ जना कर्मचारीलाई सेवाबाट हटाउने र आवश्यक अनुसन्धान कार्यअघि बढाउने तयारी भइरहेको छ । कारागार प्रमुख प्रकाश खनालले यि तीनै जना कर्मचारीलाई आजैबाट हाजिर नगराइएको जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले करारका तीनै जना कर्मचारीमाथि थप अनुसन्धान गरिने स्पष्ट पारेका छन् ।

र, यो पनि पढ्नुहोस् :

 

– भीमफेदी कारागारमा लफडा, ‘प्रहरी परिचालन गरेका छौं’ : प्रहरी प्रवक्ता भट्टराई

– नाइके डानियल लामाको सेटिङमा भीमफेदी कारागारमा बबाल

– भीमफेदी कारागारमा २ बर्षदेखि छैनन् अहेब

– भीमफेदी कारागारमा झमेलापछि बुद्धि बल लामा झुम्का स्थानान्तरण