प्रदेश ५ को औद्योगिक व्यवसाय विधेयक पारित

२०७५, २४ चैत्र आईतवार १६:४०

खस्यौली २४ चैत्र । प्रदेश नं ५ को प्रदेशसभामा आज औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विधेयक निर्णयार्थ प्रस्तुत गरिएपछि सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश नं ५ पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेकी थिइन ।

प्रस्तावमाथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य अमरबहादुर डाँगीले पर्यटकीय आकर्षण बढाउन सांस्कृतिक पर्यटनलाई बढावा दिनुपर्नेमा जोड दिँदै घरेलु उद्योग, रैथाने संस्कृति र खानपान पर्यटकीय आकर्षणका विषय भएको बताए ।