हावाहुरी : प्रदेश २ सरकारले प्रत्येक मृतक परिवारलाई किरिया खर्च २५ हजार रुपैयाँ उपलब्ध गराउने

२०७५, २४ चैत्र आईतवार १५:५६
file photo

जनकपुर २४ चैत्र । प्रदेश नम्बर २ सरकारले बारा–पर्सा आँधीमा ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिमा प्रादेशिक शोक मनाउने घोषणा गरेको छ ।

आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले १३ औँ पुण्यतिथिको दिन (३० गते) प्रादेशिक शोक मनाउने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

बैठकले १३ औँ पुण्य तिथिका दिन आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षक लगायतले विहान ११ बजे २ मिनेट मृतकको आत्माको चिरशान्तिको कामना गर्र्दै मौन धारण गर्न समेत आह्वान गरेको छ ।

बैठकले प्रत्येक मृतक परिवारलाई किरिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत भएको मन्त्री सोनलले जानकारी दिए ।