डानियलले भने – ‘यसमा मेरो दोष छैन’

२०७५ चैत्र २४,आईतवार १४:३१

मकवानपुर, चैत २४ । भीमफेदी कारागार माथिल्लो ब्लक ‘क’ का नाइके डानियल लामाले कारागारभित्र आज भएको झमेलामा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारेका छन् ।

डानियल लामाको सेटिङमा कारागारमा बबाल भएको समाचार तु खबरमा प्रकाशित भएपछि उनी तु खबरको सम्पर्कमा आएका थिए । कारागारको तल्लो ब्लक ‘ख’ मा लागुऔषध भित्र पठाइएको विषयमा लफडा परेको स्पष्ट पार्दै उनले आफ्नो विरुद्ध समाचार आएकोमा आपत्ति जनाए ।

यसअघि कारागार प्रमुख मदन अधिकारीलाई अख्तियार लगाएर पक्राउ गर्नमा आफ्नो हात रहेको उनले स्वीकार गरे । मलाई ब्ल्याक मेलिङ गर्ने काम भयो, त्यहि भएर अख्यिारमार्फत् उनलाई पक्राउ गराएको हुँ, उनले भने । तर, उनले आज कारागारभित्र भएको समस्याको बारेमा आफूलाई थाहा नभएको दावी गरे ।

आज कारागारमा लागुऔषध पठाउने काम तपाइले गर्नुभएको रहेछ नि भनी तु खबरले सोधेको प्रश्नमा उनले आफूले त्यस्तो काम नगरेको बताए । आफू कारागार रहेको स्थानबाट २५ किमि वरिपरिसम्म आवतजावत गर्न कानूनी रुपमै अधिकार पाएकोले कारागार कम्पाउण्डमा निर्धक्क आवतजावत गर्न पाउने अधिकार रहेको उनले सम्झाए । उनका अनुसार, आफूले सेटिङ नगरेको भन्दै आजको विषयमा नाम जोडिएकोमा दुख व्यक्त गरे ।

र, यो पनि पढ्नुहोस्

नाइके डानियल लामाको सेटिङमा भीमफेदी कारागारमा बबाल

भीमफेदी कारागारमा लफडा, ‘प्रहरी परिचालन गरेका छौं’ : प्रहरी प्रवक्ता भट्टराई