मकवानपुरको बकैयामा करेन्ट लागेर १ जनाको मृत्यु

२०७५ चैत्र २३,शनिबार १६:२३
File Photo

मकवानपुर २३ चैत । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० स्थित दशघरेमा आज विहान करेन्ट लागेर १ जनाको मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार स्थानीय ६० वर्षीय सानुमान डिङ्गडुङ्गको मृत्यु भएको हो ।

उनका अनुसार विहान ८ बजे डिङ्डुङ्लाई करेन्ट लागेको थियो, बर्षाका कारण उनको घरनजिकै विजुलीको पोल ढलेको थियो । सोही पोल जनिकै दाउरा पन्छाउन जाँदा डिङ्गडुङ्गलाई करेन्ट लागेको र घटनास्तलमै मृत्यु भएको हो ।

दिउँसो १२ बजे प्रहरीलाई जानकारी भएको र प्रहरी घटनास्थलमा पुगेको डिएसपी भट्टराईले जानकारी दिए ।