प्रदेश ५ सरकारले हावाहुरी प्रभावितलाई एक करोड सहयोग गर्ने

२०७५, २२ चैत्र शुक्रबार १४:२४
file photo

बुटवल २२ चैत्र । प्रदेश २ को बारा र पर्सामा हालै आएको हावाहुरीबाट प्रभावितलाई प्रदेश नं. ५ सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

प्रदेश ५ मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

यस्तै मन्त्रिपरिषद वैठकले प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत गरेको छ ।