चलचित्र ‘लभ स्टेशन’ मुलुकका १०१ हलबाट रिलिज हुँदै

२०७५, २२ चैत्र शुक्रबार १०:४४

काठमाडौं, २२ चैत्र । नयाँ वर्षको अबसर पारेर आज शुक्रबारदेखि चलचित्र ‘लभ स्टेशन’ मुलुकका १०१ ओटा सिनेमा हलमा रिलिज हुँदैछ ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । लभ स्टेशन साँगीतिक प्रेम कथामा आधारित सामाजिक कथाबस्तु युक्त चलचित्र रहेको निर्देशक घिमिरेले जानकारी दिए ।

लिली बिलीबाट चर्चा बटुलेका जोडी प्रदीप खड्का र जसिता गुरुङसँगै चलचित्र लभ स्टेशनमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।