महिला फुटबल : आज नेपालले म्यानमारसँग प्रतिस्प्रर्धा गर्दै

२०७५ चैत्र २०,बुधबार १२:२०

काठमाडौं २० चैत्र । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ ; १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा पनि म्यानमारसँग नेपालले १–१ गोलको बराबरी खेलेको थियो ।

आजको खेलमा पनि नेपाल यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा छ । दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ भने छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।