न्यौपानेको ‘फूलको विद्रोह’को गृह विमोचन

२०७५ चैत्र १९,मंगलवार १६:२१

मकवानपुर १९ चैत । ससक्त नारी हस्ताक्षर अनिता न्यौपानेको कविता सङ्ग्रह फूलको विद्रोह गृह विमोचन तथा विमर्श कार्यक्रम हेटौंडामा जारी छ ।

बरिष्ठ साहित्यकार निमेष निखिलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आथित्यथा रहेको थियो ।

कार्यक्रममा साहित्यकार घनश्याम घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

साहित्य संगम मकवानपुर र आँचल साहित्य कला पुञ्ज मकवानपुरले कवि न्यौपानेको कविता कृतिको गृह विमोचन तथा विमर्श कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा साहित्यकार आरसी रिजाल, तीर्थदेवि सिलवाल, कृष्ण अविरल लगायतकाको उपस्थिति रहेको थियो ।