यसकारण पो मनाइने रहेछ ‘अप्रिलफुल’ दिवस

२०७५, १८ चैत्र सोमबार १५:०७

एजेन्सी । अप्रिल १ को दिन विश्वभरी ‘अप्रिलफुल दिवस’ मनाइन्छ । यो दिवसलाई पश्चिमी राष्ट्रहरुमा मनाइने गैरधार्मिक पर्वहरुमध्ये सबैभन्दा लोकप्रिय पर्व मानिन्छ ।

यो दिन बालबालिकाहरु अभिभावकलाई ‘प्र्याङ्क’ गरिरहेका हुन्छन् । सहकर्मीहरुले एकअर्कालाई उडाउने गर्छन् भने धेरैजसो पश्चिमी सञ्चार माध्यमहरुले पाठकलाई झुक्याउने खालका समाचार दिइरहेका हुन्छन् ।
तर यो पर्व कसरी मनाउन थालियो ? यो दिन यस्तो ठट्टा किन गरिन्छ ? र कसरी यो विश्वव्यापी परिघटनामा बदलियो बन्यो ?

‘अप्रिलफुल दिवस’ कसरी सुरुवात भयो भन्नेबारेको इतिहासमा ठूलो अन्योल छ । एकाथरी इतिहासकारहरु यसको वास्तविक प्रारम्भ विन्दु इतिहासको गर्भमा विलीन भएको मान्छन् । तर अरु इतिकारहरुले भने यसको सम्भावित सुरुवातलाई व्याख्या गर्न विभिन्न सिद्धान्त ल्याएका छन् ।

जनवरीको साटो अप्रिलमा नयाँ वर्ष मनाउनेहरु ‘अप्रिल फिस’ १

धेरै इतिहासकारहरु अप्रिलफुल पर्वलाई हाल विश्वभर लागू ग्रिगोरियन पात्रोजत्तिकै पुरानो मान्छन् । यस पर्वको सबैभन्दा पुरानो उल्लेखमध्ये एक ब्रिटिस म्यागजिन एपोलोले प्रकाशित गरेको एक पत्रमा समेत हामीले जस्तै प्रश्न गरेको छ । “यो अप्रिलफुल मनाउने परम्परा कहिले सुरु भयो ?”

त्यसलाई सन् १५६३ मा फ्रान्सको काउन्सिल अफ ट्रन्टले लागू गरेको थियो । त्यसअघि पुरानो पात्रो अनुसार नयाँ वर्ष मार्चको अन्तिम सातादेखि अप्रिल पहिलो दिनसम्म मानिन्थ्यो ।

नयाँ पात्रोले नयाँ वर्षलाई जनवरीमा सारेको थियो । त्यो बेला सञ्चारको सुस्त विस्तार र चलिआएको परम्पराप्रति अडिग रहेकाले अर्को वर्ष धेरैले अप्रिलमै नयाँ वर्ष मनाए ।

नयाँ पात्रो लागू गर्ने कार्यभार पाएको सत्ता पक्ष र तिनको आडमा नयाँ पात्रो पक्षधरहरुले अप्रिलको छेउछाउमा नयाँ वर्ष मान्नेहरुलाई हासो–व्यङ्ग्यको पात्र बनाउन थाले ।

उनीहरुले अप्रिलमा नयाँ वर्ष मान्नेहरुलाई ‘पोइसन अभ्रिल (फ्रेन्स भाषामा अप्रिलको माछा)’ भनेर नाम दिए । अझ कतिपय अवस्थामा उनीहरुको ढाडमा कागजको माछा टालेर उनीहरुलाई बेइजत गरिन्थ्यो । फ्रेन्स उखान टुक्कामा माछा सजिलै अर्काको कुरा पत्याउने व्यक्तिहरुलाई जनाउन प्रयोग गरिन्छ ।

ती दिनमा समय फ्रान्स विश्वशक्ति थियो । उसको यही प्रभावका कारणले गर्दा सन् १६औँ शताब्दीमा यो संस्कृति फ्रान्सबाट ग्रिगोरियन पात्रो अङ्गीकार गर्न थालेका ब्रिटेन र होली रोमन इम्पायरतिर फैलियो । युरोपको विश्वव्यापी औपनिवेशिक प्रभावको कारण यो पर्व विश्वका अन्य क्षेत्रमा फैलिएको मानिन्छ ।

रातोपाटीबाट