अपडेट : मकवानपुर ११ ले सांसद बानियाँले घोषणा गरेको १ लाख पनि पाउने

२०७५ चैत्र १६,शनिबार १७:५९
file photo

 

मकवानपुर १६ चैत । दोस्रो सहीद स्मृति मकवानपुर गोल्डकपको उपाधी मकवानपुरे टोलीले उचालेको छ । आज शनिबार भएको फाईनल खेलमा रिगल रिसोर्ट मकवानपुर ११ ले क्यामरुनी टोली दाउफिन्सलाई २ –१ गोल अन्र्तरले हराउँदै उपाधी हात पार्न सफल भएको हो ।

आयोजकका अनुसार विजयी मकवानपुर ११ ले ८ लाख सहित विभिन्न पुरस्कार प्राप्त गर्नेछ ।

यससंगै पूर्व गृहराज्यमन्त्री एवं प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानिँयाले रिगल रिर्सोट मकवानपुर ११ लाई नगद रु १ लाख दिने भएका छन् ।

उनले प्रोत्साहन स्वरुप शुक्रबार एक कार्यक्रमका बिच मकवानपुरे २५ जना खेलाडीलाई जनही ५ हजारका दरले नगद रु १ लाख २५ हजार उपलब्ध गराएका थिए । उनले शुक्रबारनै मकवानपुर ११ ले जितेको खण्डमा १ लाख दिने धोषणा समेत गरेका थिए ।