शारदा माविको पूर्व विद्यार्थीहरुको भेला सम्पन्न

२०७५ चैत्र १६,शनिबार १६:५१

मकवानपुर १६ चैत । श्री शारदा माध्यामिक विद्यालय मकवानपुर गढी ५ आम्भञ्ज्याङको पूर्व विद्यार्थीहरुको भेला आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु दंगालको अध्यक्षतामा भएको भेलामा जिल्ला समन्वय समितिका उपप्रमुख एवम् पूर्व विद्यार्थी भगवती पुडासैनीको प्रमुख आथित्यता थियो ।

कार्यक्रममा मकवानपुर गढी गाउपालिकाका अध्यक्ष एवम् पूर्व विद्यार्थी विदुर हुमगाईको पनि उपस्थिति रहेको थियो ।
विद्यालयको शैक्षिक तथा भौतिक एवम् मनोसामाजिक वातावरण र गुणस्तर सुधारका लागि पूर्व विद्यार्थी संगठन गठन गर्नुअघि यस्तो भेला गरिएको शिक्षक सिताराम दाहालले बताए ।

भेलाकै दिन विभिन्न समयका पूर्व विद्यार्थीहरुले करिव ५ लाख ५० हजार रकम बराबर सहयोगको प्रतिबद्धता समेत जनाएका छन् । उता पूर्व विद्यार्थीहरुमध्येकै केहिले भने स्वस्थ पिउने पानी तथा पुस्तकालयका लागि आवश्यक पर्ने सामग्रीहरु दिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

विद्यालयको प्रशासनिक प्रधानाध्यापक परिवर्तन भएसंगै नयाँपनको आभाष दिलाउन प्रत्यक्ष सहभागिताका निम्ति यस्तो अभियान थालिएको समेत दाहालले बताए ।